• Thursday 22nd of October 2026

इलाम-२ मा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौं, वैशाख १६ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत इलाम-२ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ। शनिबार भएको चुनावमा मतपेटिका ल्याउन ढिलाइ भएपछि अहिले केहिबेरमा सर्वदलिए बैठक बसेर मतगणना सुरु गर्ने तयारी भइरहेको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिले बिहान ७ बजे सर्वदलीय बैठक बस्दैछ। त्यसपछि मतगणना आरम्भ गर्ने तयारी अनुसार मतगणना स्थलमा सुरक्षा तारवार र सिसि क्यामारा जडान गरि तम तयार अवस्थामा राखिएको छ ।

संविधान सभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम-२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो। १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार २८७ जनाले मतदान गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖