• Monday 5th of October 2026

हुम्लाबाट पोखरा आउँदै गरेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण


  • धनकुटा खबर
  • .

हुम्लाबाट पोखरा आउँदै गरेको कैलाश हेलिकोप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण बुधवार साँझ दाङको भालुवाङमा आकस्मिक अवतरण भएको छ ।

राप्ती गाउँपालिकास्थित आदर्श नमुना माविको प्रांगण लालमटियामा मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । हेलिकोप्टरमा पाइलटसहित चारजना सवार रहेको प्रहरीले जनाएको छ ।

पाइलट दिलिप थापा, इञ्जिनियर अरुण चौधरी, भारतीय मुलका अमेरिकन नागरिक कनुवाल वेतर र जागृत पटेल रहेका थिए । होटल पौवामा बास बसेको र बिहीबार मौसम सुधार भएपछि पोखरातर्फ लाग्ने प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖