• Saturday 24th of October 2026

नवगठित जसपाको संसदीय दलको निर्णय : प्रचण्ड सरकारलाई निरन्तर समर्थन छ


  • धनकुटा खबर
  • .

काठमाडौं । अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल जनता समाजवादी पार्टीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तर समर्थन गर्ने निर्णय गरेको छ ।

दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि र संघीय संसद् सचिवालयबाट समेत विधिवत दल दर्ता सम्पन्न भएलगत्तै दलका नेता अशोक राईको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको महासचिव मो. ईस्तियाक राईले जनाएका छन् ।

नवगठित जसपामा ७ जना सांसदहरु छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖