• Saturday 24th of October 2026

गगनलाई रविको च्यालेन्ज : ‘ऋण लिएको प्रमाण ल्याउनुस्, राजनीति नै छाड्छु’


  • धनकुटा खबर
  • .

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सुर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाण ल्याउन चुनौती दिएका छन् । लामिछाने ऋण लिनका लागि निवेदन दिएको प्रमाण ल्याए राजनीति नै छाड्ने चुनौती दिएका हुन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले ऋण लिएको प्रमाण छ भन्दै सदनमा भनेकोमा आपत्ति जनाउँदै रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले सो चुनौती दिएका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यदी गगनले कुनै प्रमाण पेस गरे आफूले राजनीतिबाट बिदा लिने र प्रमाण ल्याउन नसके गगनले राजनीतिबाट बिदा लिनुपर्ने बताए।

साथै, उनले जनतालाई साक्षी राखेर आफ्नो सर्तमा अघि बढ्न आउन चेतावनी समेत दिए। ‘संसदीय छानबिन समितिको चिन्ता भएन। माननीय गगन कुमार थापाले आफैँले ऋण मागेको प्रमाण छ भन्नुभयो, मेरो चुनौती छ, उहाँले त्यो प्रमाण दिनुभयो भने, मैले कुनै ऋण माग्न निवेदन दिएको प्रमाण उहाँले दिनुभयो भने मैले राजनीति छाडिदिन्छु, नत्र उहाँले दिन सक्नुभएन भने उहाँले छाड्नुपर्छ,’ लामिछानेले भने।

उनले अघि थपे, ‘जनताको प्रतिनिधिले आफूमाथि निरन्तर आरोप लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने पनि अवसर पाउँदैनरु एक पटक बोल्न पाउँ भन्दा पनि नपाउने ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖