• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपलाई ओमानका कप्तान इलयासले यसरी दिए बधाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई दिएका छन् ।

बुधबार उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि ओमानका कप्तान इल्यासले बधाइ दिएका हुन् ।

लामिछाने निर्दोष रहेको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा सन्दीप र नेपाल राष्ट्रको लागि शुभ दिन भएको उनले टिप्पणी गरेका छन् ।

‘कठिन समय पनि बितेर गयो, तर कठिन मानिसहरू… यो दिन हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो’ कप्तान इल्यासले लेखेका छन् ‘आगामी दिनहरूका लागि शुभकामना ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖