• Saturday 24th of October 2026

यी हुन् रास्वपा सहमत भएको तर कांग्रेसले अस्वीकार गरेका ३ बुँदा


  • धनकुटा खबर
  • .

काठमाडौं,४ जेठ । रास्वपा सांसद शिशिर खनालले कांग्रेसले ‘इगो’ लिँदा संसदमा बिहीबार धकेलाधकेलको अवस्था सिर्जना भएको बताएका छन्।

लामो समयदेखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस् भन्ने आफूहरुले चाहे पनि कांग्रेसको कारण हिजो त्यो सम्भव नभएको उनले बताएका छन्।

गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति रवि लामिछानेमाथि कांग्रेसले लगाएको आरोप बारेमा कम्तीमा पनि सभापति लामिछानेले संसद्मा बोल्न पाउन पर्छ भन्ने आफ्नो पार्टीको न्यूनतम अडान भएकोमा पनि उनले जोड दिएका छन्।

‘लामो समय देखि चलिराखेको संसद्को गतिरोध अन्त्य होस भन्ने हामी चाहन्थ्यौ । संसद लागेको आरोपको बारे कम्तीमा पनि पार्टी सभापति तथा गृह मन्त्रीले बोल्न पाउन पर्छ हाम्रो न्यूनतम अडान हो’ खनालले भनेका छन् । त्यसबाट आवश्यक परे समिति सम्मको बाटोमा जान सकिन्छ भन्ने थियो । हिजो बिहान नेपाल काँग्रेस का तर्फबाट एक जना र रास्वपाको तर्फबाट एक जना बसेर एउटा मोटो समझदारी बनेको थियो। यही आधारमा अगाडि बढ्न सकेको भए सायद संसदमा हिजो देखिएको धकालाधकालको परिस्थितिमा हामी पुग्दैन थियौँ। तर दुर्भाग्य समाधानमुखी बाटोमा भन्दा पनि इगो को बाटोमा गयो’।

खनालका अनुसार रास्वपा सहमत भएको तर नेपाली काँग्रेसले अस्वीकार गरेको तीन बुँदा यस्ता छन

१।⁠ ⁠सहकारी संस्थाहरूमा देखिएको सङ्कटको समाधानार्थ संसदीय छानबिन समिति बनाउने ।

२।⁠ ⁠विगत केही समयदेखि प्रमुख प्रतिपक्षी दल लगायतका सांसदहरूले उठाउनुभएका सहकारी बचतकर्ताहरूको रकम अपचलन तथा दुरुपयोगका सम्बन्धमा मौजुदा कानुनी र संस्थागत प्रयोजनको तथ्यगत विश्लेषण गर्ने।

३⁠ ⁠अनुचित लाभ लिने व्यक्ति, संस्था र कम्पनीबारे समेत अध्ययन गरी कानुनी कारबाही सम्बन्धी सुझाव र सिफारिस गर्ने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖