• Saturday 24th of October 2026

ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ- ज्ञानेन्द्र शाही


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् ।ओली विगतमा आफूले गरेको विघटन सही थियो भनेर प्रमाणित गर्न लागेको उनले दाबी गरे ।

शुक्रबार संसद् भवन परिसर नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले ओलीले विघटनको भूमिका खेलिरहेको आरोप लगाएका हुन् ।

‘विशेषगरी नेकपा एमालेका अध्यक्ष ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । पहिला संसद् विघटन सही हो भन्ने स्थापित गर्न खोज्नुभएको छ । उहाँलाई स्पष्ट के थाहा छ भने संसद् अवरुद्ध भएर बजेट आएन भने संसद् विघटन हुन्छ । त्यसैको भूमिका उहाँले खेलिरहनु भएको छ’, शाहीले भने ।कांग्रेस नेता डा. शेखर कोइरालाले पनि बिहीबार यस्तै अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖