• Saturday 24th of October 2026

माधव नेपालको व्यंग्य- हामी तमासा हेरिरहेका छौं, राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री धेरै व्यस्त हुनुहुन्छ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली राजनीतिको सबैभन्दा व्यस्त मान्छे रहेको भन्दै व्यंग्य गरेका छन्। चिठी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरु तसामा हेरिरहेको बताए।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू अत्यन्त बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिकको कुरामा उहाँ भन्दा बढी बिजी कोही छँदै छैन होला। हामीहरु त खाली तमासा हेरेर बस्ने मान्छे मात्रै पर्यौं, त्यसैले हामी सबै घटनालाई नियालिरहेका छौं।

उनले आफूहरुले नेपालको राजनीतिले कुन कोर्स लिएर जाने हो भन्ने कुरा हेरिरहेको बताए। उनले थपे, ‘राम्रो दिशामा यो देशको राजनीति अगाडि बढाृृेस्, हामी चाहन्छौं देशमा स्थायित्व होस्, वामपन्थी कम्युनिष्टहरुबीचको सहकार्य नयाँ उचाइमा पुगोस्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖