• Saturday 24th of October 2026

बालुवाटार पुगे ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को अवरोध हटाउनको लागि सक्रियता बढाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँगको आज विहानको छलफल सकारात्मक दिशामा अघि बढेको बताईएको छ ।

कांग्रेस नेताहरुसँगको भएको छलफलको प्रगतिबारे ब्रिफिङ गर्न अहिले प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । बालुवाटारमा सुरु भएको भेटवार्तामा सभामुख देवराज घिमिरेपनि मिसिएका छन् ।

केहीबेरमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेपनि वार्तामा सरिक हुने बताईएको छ । सभामुख घिमिरेले कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट्ने बताईएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कांग्रेसको माग छ । file photo

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖