• Saturday 24th of October 2026

कांग्रेसलाई रबिको झटारो : ‘मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ ?’


  • धनकुटा खबर
  • .

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्रीको लागि अफर गरेको आशय व्यक्त गरेका छन् ।

सहकारीका विषयमा आफूप्रति उठेका विषयमा आइतबार प्रतिनिधिसभामा जवाफ दिँदै उनले गृहमन्त्री बन्न नमिल्ने व्यक्ति कुन नैतिकताले प्रधानमन्त्री बन्न मिल्छ भन्दै प्रश्न गरेका छन् ।

‘म गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न कुन नैतिक रूपले मिल्ने रहेछ ? म यो सदनमा सोध्न चाहन्छु । अफर गर्नेहरूले कान रातो पार्न पर्दैन। म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ,’ उनले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको अफर गरेको भन्दै लामिछानेले भने, ‘हिजो मलाई डेढ वर्ष प्रधानमन्त्री स्वीकार गर्ने अफरको डेट एक्सपाएर भयो कि अझै बाँकी छ ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖