काठमाडौं । काठमाडौंको थलीमा मृत भेटिएका व्यक्तिका छोरा पनि गम्भीर घाइते अवस्थामा भेटिएका छन् । भक्तपुरको छालिङ-७ का ५२ वर्षीय कृष्ण नगरकोटी थलीमा घाँटी काटिएको अवस्थामा मृत भेटिएका थिए । उनका छोरा पनि घाइते अवस्थामा रहेको प्रहरी स्रोतले जनायो ।मृतकका छोरालाई फर्पिङमा भेटिएको बुझिएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
