• Saturday 24th of October 2026

गगन थापा माथि लगाएको आरोप ७ दिनभित्र प्रमाणित नगरे गृहमन्त्रीलाई बर्खास्त गर्नुपर्छ : रामकुमारी झाँक्री


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ जेठ । नेकपा (एकीकृत समाजवादी) की सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि संसदीय छानबिन समिति बनाउनु अनिवार्य हुने बताएकी छिन् । उनले बहालवाला गृहमन्त्रीमाथि प्रहरीले अनुसन्धान गर्न नसक्ने निश्कर्ष सुनाउँदै छानबिन समिति अनिवार्य रुपमा बनाउनुपर्नेमा जोड दिईन् ।

आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेतृ झाँक्रीले संसद्मा प्रस्तुत हुँदा गृहमन्त्री रवि लामिछानेले अमर्यादित भाषा प्रयोग गरेको आरोप लगाईन् । उनले भनिन्–‘गृहमन्त्रीले जतिपनि संसद्मा बोल्दा लाञ्छना लगाउनुभएको छ, प्रमाणित गर्नुपर्छ । गगन थापामाथि लगाएको आरोप प्रमाणित गरेर कारबाही गर्ने अधिकारी नै उहाँ हो । हिजो मिडियामा हुँदा सिधा कुरा चलाउँदाको जस्तो अभिव्यक्ति र प्रस्तुति दिनु गलत हो, अशोभनीय हो । अमर्यादित हो । उहाँ एज अ मिडिया एक्टिभिष्टको रुपमा प्रस्तुत हुनुभएको छ ।’

गृहमन्त्री लामिछानेले अरुमाथि संसद्मा उभिएर लगाएको आरोप प्रमाणित गरेर विदेशीलाई सूचना बेच्नेलाई कारबाही गर्न पनि उनले चूनौति दिईन् । उनले गगन थापा, धनराज गुरुङलगायत सबैमाथि लगाएको आरोप गृहमन्त्री लामिछानेले ७ दिनभित्र प्रमाणित नगरे प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖