• Saturday 24th of October 2026

गृहमन्त्री लामिछानेलाई आरजुको खुला चूनौति


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले आफूहरुले सहकारी ठगीको विषय जनतालाई ध्यानमा दिएर उठाएको स्पष्ट पारेकी छिन् ।

आजको प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘हामी जनताको बचाउमा छौं ।’

कान्तिपुरका मालिक कैशाल सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भयो ? अब के हुन्छ भनेर पत्रकारहरुले राखेको प्रश्नमा उनले भनिन्–‘कैलाश सिरोहियाको केश मलाई थाहा छैन् । पीडितहरु रोएका छन् । यसको पक्षमा छानबिन होस । मेरो भन्नु के छ भने उनीहरु छ पावरमा । खोलेर देखाउदिनु ।

टिकापुरको जमिनको विषयमा ५० हजारको जमिन हो । ५३ सालमा किनेको । खोजी पत्रकारिता गरेको मान्छेले टिकापुरमा गएर हेर्नुहोस ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖