काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राजनीतिक प्रतिशोधको भावनाले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएका बताएका छन् । यस्ता ब्याकमेलिङ र राजनीतिक प्रतिशोधबाट कान्तिपुर मिडिया ग्रुप आफ्नो गर्नुपर्ने काम तथा कर्तव्यबाट कतैपनि बिचलित नहुने उनको भनाइ छ ।
आफूलाई भेट्न पुगेका कांग्रेस नेताहरुसँग कुराकानी गर्दै सिरोहियाले कान्तिपुरले जस्तोसुकै ब्ल्याकमेलिङ र राजनीतिक प्रतिशोध साँधिएपनि आफ्नो काम गरिरहने बताए ।
‘व्यक्तिगत रुपमा म जस्तोसुकै अनुसन्धान र आक्षेप पक्ष्याउन तयार छु । तर कान्तिपुर मिडिया ग्रुपलाईू राजनीतिक सौदाबाजी गर्न खोजेको मलाई पटक्कै मान्य छैन’, उनले भने । उनले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सुनेपछि ब्याग, लुगाफाटो र औषधि सबै गाडीमा हालेर अफिस आएको पनि बताए । ‘म त यो कुरा थाहा पाएपछि, ब्याग, लुगाफाटो औषधि सबै हालेरै आएको छु गाडीमा’, उनले भने । नागरिकताको विषयमा जिल्ला अदालत धनुषाले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
