• Saturday 24th of October 2026

प्रधानमन्त्रीले गृहमन्त्रीलाई भनेका थिए- कान्तिपुरका अध्यक्ष सिरोहियालाई समात्नेतिर नलाग्नू


  • धनकुटा खबर
  • .

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियालाई अहिले नै पक्राउ नगर्न भनेको खुलेको छ।

मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनुअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भेट भएका बेला प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेलाई अहिले नै सिरोहियालाई नसमाउन भनेका हुन्।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीमा प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको बताएका छन्।

‘कान्तिपुरका अध्यक्षको गिरफ्तारीमा प्रधानमन्त्रीज्यूको कुनै पनि संलग्नता छैन,’ प्रेस सल्लाहकार आचार्यले सेतोपाटीसँग भने, ‘अदालतबाट पक्राउ पुर्जी आयो भन्ने प्रधानमन्त्रीज्यूले थाहा पाइसकेपछि उहाँले सदनमा जाने क्रममा गृहमन्त्रीजीलाई अहिले नै सिरोहियालाई नसमात्नू भन्नुभएको हो।’

प्रधानमन्त्री दाहालले कान्तिपुरका अध्यक्ष सिरोहियालाई अहिले नै समात्ने होइन भनेर गृहमन्त्रीलाई भनेका थिए।

‘तर अदालतको पुर्जी रोक्ने अधिकार सरकार, प्रधानमन्त्री र गृहमन्त्रीलाई हुने कुरा भएन। पक्राउ पुर्जी जारी भएकोले सिरोहियालाई समात्नुपर्छ भनेर प्रहरीले भनेको छ,’ आचार्यले भने, ‘सरकारले सिरोहियालाई समात्ने भनेको छैन।’

धनुषा जिल्ला अदालतले मंगलबार कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोहोरो नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖