• Saturday 24th of October 2026

सिरोहियाकाे रिहाइ माग गर्दै जनकपुरमा धर्ना


  • धनकुटा खबर
  • .

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियाकाे रिहाइकाे माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतका संघ संस्था धर्ना बसेका छन् ।

धर्नामा बसेकाले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज धर्ना बसेका हुन् ।

उक्त धर्नामा जनकपुरधाम उद्योग वाणिज्यसंघका अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ पत्रकार बृजकुमार यादव,उद्योग वाणिज्यसंघका पुर्व अध्यक्षहरू,जनकपुरधामका पुर्वमेयर, व्यापारी ,कांग्रेसका नेता,जसपा नेपालका नेता लगायतकाे उपस्थित थियो ।

अध्यक्ष सिरोहियालाई नागरिकता सम्बन्धी कसुरमा मंगलबार प्रहरीले कान्तिपुर पब्लिकेशनस्थित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖