• Saturday 24th of October 2026

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मोरङमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बेलबारी नगरपालिका ९ बैराखुनीका ३७ वर्षीय अनिल शेर्पा छन् ।घर नजिकै रहेको कुखुरा फार्ममा पंखा जोड्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनको उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖