• Saturday 24th of October 2026

रणनीति बनाउँदै कांग्रेस : गृहमन्त्री लामिछानेको राजीनामा माग्ने, सडक आन्दोलन थाल्ने !


  • धनकुटा खबर
  • .

काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकको मुख्य विषय उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बनेका छन ।

यो बैठकमा सहकारीको बचत फिर्ताको सुनिश्चितता, सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति बनाउने विषयलाई मुख्य मुद्दाका रुपमा छलफल गरिँदैछ ।

गृहमन्त्री लामिछानेले संसद्‍मा सम्बोधनका क्रममा अशिष्ट, हिंस्रक र अपमानजनक शब्द प्रयोग गरेको भन्दै त्यसलाई पनि अबको एजेन्डा बनाउने तयारी कांग्रेसको छ ।
त्यस्तै व्यक्ति नै तोकेर कांग्रेस नेताहरूमाथि लामिछानेले संसद्‍बाट लगाएको आरोप आपत्तिजनक रहेको भन्दै यबारे पनि पनि छलफल भइरहेको छ ।
कांग्रेसले बैठकमा अब गृहमन्त्री लामिछानेको राजीनामा माग्ने तयारीसहित छलफल गर्दैछ । कांग्रेसले अब गृहमन्त्रीको राजीनामा माग्ने दिशातर्फ लैजाने गरी बैठकमा छलफल गरेको हो ।

त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेको भूमिकाबारे पनि समीक्षा गरिँदैछ । कांग्रेसले सरकारको पछिल्लो गतिविधिबारे पनि छलफल गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖