• Saturday 24th of October 2026

प्रचण्डलाई खगेन्द्र संग्रौलाको चेतावनी: अब परिणाम भोग्न तयार होऊ


  • धनकुटा खबर
  • .

काठमाडौं । कान्तिपुर ग्रूपका मालिक कैलाश सिरोहिया नागरिकता कीर्ति मुद्दामा हिरासतमा छन् । उनी मंगलबार काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई मंगलबार नै धनुषा लगिएको छ ।

मंगलबार धनुषा पुर्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी पक्राउ परेको विषयलाई विविभन्न् व्यक्तिहरुले आ आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । यस्तैमा नागरिक समाजका अगुवा भनिएका राजनीतिक विष्लेषक खगेन्द्र संग्रौंलाले भने सिरोहियालाई पक्राउ गरेर सरकारले अरिंगालको गोलामा ढुंगा हालेको भन्दै यस्को मूल्य महंगो पर्ने चेतावनी दिएका छन् ।

‘ज्ञानशाही फौजी आतंकको शैलीमा गरिएको कैलाश सिरोहियाको गिरफ्तारी सामान्य अदालती प्रक्रिया हो, यसबारे बढ्ता हल्ला नगर भनी प्रम (प्रधानमन्त्री) पुकदा (पुष्पकमल दाहाल) ले लोकलाई दच्काउन खोजेछन्’, संग्रौलाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अरिङ्गालको गोलोमा हात घुसार्दा नतिजा के हुन्छ, किम जोङ उनमुखी शाकहरूले अब देख्न, भोग्न र पाठ सिक्न पाउने नै छन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖