• Saturday 24th of October 2026

त्रिभुवन विमानस्थलको धावनमार्गमै ‘खाल्डो’ पर्यो, सबै उडान अवरण बन्द, जहाज आकाशमै होल्ड


  • धनकुटा खबर
  • .

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेपछि सबै उडान र अवतरण बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि ४५ मिनेटका लागी पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान अवतरण बन्द गरिएको हो ।

झाका अनुसार अहिले धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा परेको खाल्डो पुर्न विमानस्थलको मर्मत टोली धावनमार्गमा छ ।झाका अनुसार अहिले काठमाडौं आइरहेका सबै वायुसेवा कम्पनीका जहाज आकाशै ‘होल्ड’ भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖