• Saturday 24th of October 2026

साताको सुन: मूल्यमा नयाँ रेकर्ड, भण्डारण गर्ने रणनीतिको प्रभाव परेको भनाइ


  • धनकुटा खबर
  • .

यो साता पनि विश्व बजार र स्थानीय बजारमा सुन तथा चाँदीको मूल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ।

सुन भण्डारणमा लगानी बढाउने चीनको रणनीतिसँगै मूल्यमा चाप परेको व्यवसायीहरूले तर्क गरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा नै उच्च विन्दुमा सुनको मूल्य पुगेपछि नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाइ कायम गरेको थियो।
साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख २० हजार आठ सय रूपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन हालसम्मको उच्च विन्द्मा पुगेर प्रति १० ग्राम एक लाख २१ हजार पाँच सय ७० मा नयाँ रेकर्ड राख्यो।

त्यसपछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य एक लाख १७ हजार तीन सय ७० कायम भयो।

यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम हजार हजार चार सय ३० बढी हो।

यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक हजार छ सय ३७ रूपैयाँ ५० पैसा रहेको मूल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम एक हजार छ सय ६३ रूपैयाँ पुग्यो।

जुन त्यस पछिका दिनमा भने घटेर पछिल्लो दिन शुक्रबार प्रति १० ग्राम एक हजार पाँच सय ९० रूपैयाँ कायम भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖