• Sunday 25th of October 2026

कांग्रेससँग कड्किँदै विष्णु पौडेलले भने: ओलीलाई लान्छित गर्ने अभिव्यक्ति तत्काल सच्याउनुस् नत्र..


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेस सहमति र सहकार्य भन्दापनि सत्ता गठबन्धन भत्काउने र मूलुकमा अस्थिरता कसरी निम्त्याउन सकिन्छ भन्नेतर्फ लागिपरेको आरोप लगाएका छन् ।

सहकारीको रकम हिनामिना प्रकरणबारे छानबिन गर्न बन्ने संसदीय छानबिन समितिको टीओआरको टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बालुवाटारको बैठकमा पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लान्छित गर्नेगरि विभिन्न अभिव्यक्ति दिँदै हिँडेको भन्दै सच्याउन माग गरे । उनले कांग्रेसले लिखित माफी नमागे आफूहरु सशक्त प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको बालुवाटार स्रोतले जनाएको छ । आजको बैठकमा एमाले आक्रामक रुपमा प्रस्तुत भएको थियो ।

पौडेलले कांग्रेसले मनपरी ढंगले अभिव्यक्ति दिइरहेको भन्दै सच्याउन बारम्बार आग्रह गरेका थिए । ‘कांग्रेसको बद्तमिजी हेर्दा उसलाई कार्यदल, संसदीय समिति चाहिएजस्तो लागेन, तुरुन्तै सार्वजनिक रुपमा सच्याउनुस् नत्र एमालेले यसलाई सिरियसली लिन्छ ’बालुवाटार स्रोतले भन्यो ।

कांग्रेसले पछिल्ला दिनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँगै एमाले अध्यक्ष ओलीलाई पनि निसानामा पार्दै आएको छ । गिरीबन्धू टिस्टेट्सको जग्गा प्रकरणमा ओली र सहकारी ठगीमा लामिछाने संलग्न भएको कांग्रेसको आरोप छ । एमालेले भने यस्तो आरोपको खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖