• Sunday 25th of October 2026

सुनको मूल्यमा नयाँ रेकर्ड


  • धनकुटा खबर
  • .

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖