• Friday 9th of October 2026

महिला एसिया कपमा यस्तो छ नेपालको खेल तालिका…


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालले आगामी महिना श्रीलंकामा आयोजना हुने एसीसी महिला एसिया कपमा सहभागीता जनाउँदै छ ।

प्रतियोगिताको नवौं संस्करण हुदै गर्दा नेपालले तेस्रो पटक प्रतियोगितामा सहभागीता जनाउँदै छ । यसअघि सन् २०१२ मा चीनमा आयोजना भएको पाँचौ तथा सन् २०१६ मा थाईल्यान्डमा भएको छैटौं संस्करणमा नेपालले सहभागीता जनाएको थियो ।

नवौं संस्करणको महिला एसिया कपमा आठ राष्ट्रको सहभागीता रहेको छ । एसियाका टेष्ट मान्यता पाएका अफगानिस्तान बाहेकका टिम सिधै छनोट भएको यस प्रतियोगितामा बाँकी चार टोली भने एसीसी महिला प्रिमियर कपमा शीर्ष चारमा रहेका टिम हुन् ।

प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ए मा रहेको छ । सात पटकको च्याम्पियन भारत सहित पाकिस्तान र युएई रहेका छन् । समूह बी मा बंगलादेश, श्रीलंका थाईल्यान्ड र मलेसिया छन् ।

नेपालले १९ जुलाई अर्थात साउन ४ मा युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र युएईबीचको खेल रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउसो सवा दुईमा हुनेछ ।

प्रतियोगिताको दोस्रो खेलमा नेपालले २१ जुलाई अर्थात साउन ६ मा पाकिस्तानविरुद्ध खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा सातमा हुनेछ । पाकिस्तानविरुद्धको यस खेलमा नेपालले पहिलो पटक फ्लडलाइटमा खेल्नेछ ।

प्रतियोगिताको तेस्रो तथा समूह चरण अन्तिम खेलमा नेपालले २३ जुलाई अर्थात साउन ८ मा भारतविरुद्ध खेल्नेछ । नेपाल र भारतबीचको खेल रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार साँझ सवा सातमा हुनेछ ।

समूह चरणमा शीर्ष दुईमा रहन सके २६ जुलाई अर्थात साउन ११ मा खेल्नेछ । सेमिफाइनल विजेता टोलीबीच २८ जुलाई अर्थात साउन १३ मा खेल्नेछ ।

नेपालको टोली

ईन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ, पूजा महतो, डली भट्ट, बिन्दु रावल, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई,रोमा थापा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖