• Friday 9th of October 2026

युरोकपमा बेल्जियमलाई पाखा लगाउँदै फ्रान्स क्वार्टरफाइनलमा


  • धनकुटा खबर
  • .

एजेन्सी । पूर्वविजेता फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराएको हो ।

दुई महारथी टोलीबिच भएको भिडन्तमा आत्मघाती गोल निर्णायक बन्यो । खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स विजयी बन्यो ।

सब्सटिट्युट रान्डाल कोलो मुनाइको प्रहार भेर्टोङहेनलाई लाग्दै गोलमा परिणत भएको थियो । यसअघि कप्तान किलियान एम्बाप्पेसहित फ्रान्सले थुप्रै अवसरहरू गुमाएको थियो ।

फ्रान्सको गोलअघि बेल्जियमका केभिन डी ब्रुयनाको प्रहार फ्रान्सका गोलकिपरले बचाऊ गरेका थिए । अब फ्रान्सले पोर्चुगल र स्लोभेनियाबिचको विजेतासँग अन्तिम ८ मा भिड्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖