• Saturday 24th of October 2026

सुनको मूल्य हाल सम्मकै उच्च


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो ।

जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖