• Tuesday 27th of October 2026

प्रचण्डलाई एमालेको जवाफ: तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?


  • धनकुटा खबर
  • .

काठमाडौं,२४ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा कुनै पनि संवैधानिक बाध्यता नरहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार बनाउन कुनै पनि संवैधानिक अड्चन नरहेको प्रष्ट पारे । अधिवक्तासमेत रहेका सांसद बर्तौलाले यसअघिका विभिन्न नजिर, सर्वोच्च अदालतले गरेको व्याख्या र बनिरहेका प्रदेश सरकारहरुको संरचनालाई हुर्दा पनि नयाँ सरकार धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै पनि शंका नरहेको स्प्रष्ट पारे ।

‘हिजो पनि यहाँ केही विषय उठ्यो । नयाँ सरकार कसरी बन्छ । भन्नेबारेमा माननीय ज्यूहरुले आ आफ्ना दलील पेश गर्नुभयो । म सुन्दैछु । बालुवाटारमा केही आनून व्यवसायीहरुले प्रधानमन्त्रीलाई विभिन्न सुझाव दिनु भएको छ । तर, सत्यता के हो भने विभिन्न नजिरहरुले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार बन्नेमा कुनैपनि अड्चन देखाएको छैन्’ उनले भने ।

सांसद बर्तौलाले सरकार प्रष्ट बहुमतमा हुँदा खल्तीमा राजीनामा बोकेर हिँड्ने रास्वपाका मन्त्रीहरुको खोजीसमेत गरेका छन् । सांसद बर्तौलाले प्रचण्डको उथलपुथलकै कारण एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेको जिकिर गरे । ‘एमालेका मन्त्रीले राजीनामा बुझाउन जाँदा प्रधानमन्त्रीज्यूले फत्तेमानको गीत गाउनु भएको थियो– यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले–कहिले, कसैलाई माया गर्नु एउटा भूल गरेँ मैलै,’ बर्तौलाले संसदमा भने, ‘म अञ्जु पन्तको गीत स्मरण गर्न चाहन्छु– तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र ?’।

बर्तौलाले प्रचण्ड एमालेलाई एक्लाउने दूषित खेलमा लागेको आरोप लगाए । ‘सरकारका प्रधानमन्त्री सधैँ सँगै रहने, अर्को दाउपेचको प्रक्रियालाई सँगसँगै जोडिरहने , त्यसप्रकारको दूषित खेलमा सहभागी हुनुभयो,’ उनले भने, ‘उथलपुथलको कार्यशैलीमा रहने । एमालेलाई एक्ल्याउने र कमजोर बनाउने षड्यन्त्र रह्यो ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖