• Tuesday 27th of October 2026

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा कन्फिडेन्टमा छौं


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा आज (बुधबार) बसेको दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले सदनमा यही असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गरे। उनले विश्वासको मत दिनको लागि सबै राजनीतिक दलसँग आग्रह गरिने पनि सुनाए ।

यस्तै, अहिले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्ने कुरा गरेकोले संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिसँग सहकार्य गर्ने निर्णय भएको पनि उनको भनाई छ । उनले भने,‘संविधानको रक्षाको लागि सबै परिवर्तनकारी शक्तिहरुसँग सहकार्य गर्ने निर्णय गरेका छौं । हामी प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा सशक्त भूमिका खेल्छौं । संविधान नै संशोधन गर्ने कुरा आएकोले यो संविधानलाई गतिशिल बनाउनको लागि र अझै राम्रो बनाउनको लागि हामी सशक्त भूमिका खेल्छौं ।। संविधानलाई अक्षरश पालना गरेर जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार संविधानको धारा ७६ को ३ बमोजिम गठन हुने दाबी गरे । तर, कुन धाराअनुसार सरकार गठन गर्ने भन्ने कुरा राष्ट्रपतिको स्वविवेकीय निर्णयमा भर पर्ने उनको भनाई छ । उनले भने,‘अब राष्ट्रपतिज्यूले संविधानबमोजिम नै सरकार गठनको लागि आह्वान गर्नुहुन्छ । हाम्रो त पहिलो स्टेप भनेको विश्वासको मत प्राप्त गर्ने नै हुन्छ । हामी मत पाउनेमा कन्फिडेन्ट छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖