• Tuesday 27th of October 2026

नयाँ सरकार गठनबारे ओलीको कार्यकक्षमा कांग्रेस–एमाले छलफलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफल थालेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबिच छलफल चलिरहेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेपछि कांग्रेस र एमालेबिच नयाँ सरकार गठनका लागि संवाद जारी छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबिच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेताहरु गृहकार्यमा जुटेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖