• Tuesday 27th of October 2026

ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरू राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत गुमाएपछि आजै राष्ट्रपतिले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर दाबी पेस गर्न भनेका थिए ।

कांग्रेसका सांसदको हस्ताक्षरसहित एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖