• Tuesday 27th of October 2026

गगन थापा अब कहिल्यै मन्त्री बन्दैनन्!


  • धनकुटा खबर
  • .

काठमाडौं– अचम्म मान्नुपर्ने केही छैन,‘गगन थापा अब कहिल्यै मन्त्री बन्दैनन्। बन्छन् त सिधा प्रधानमन्त्री।’

नेपाली कांग्रेस र नेकपा एमालेको समीकरणमा बन्न लागेको सरकारमा गगन थापा मन्त्री बन्ने हल्ला चलाइयो। तर त्यो अर्थक थिएन। कांग्रेस महामन्त्री गगनले सरकारमा नजाने स्पष्टीकरण दिइसकेका छन्।

यो सरकारमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि नजाने निश्चित भइसकेको छ। शर्माले पनि घोषणा गरिसकेका छन्, मन्त्री नबन्ने।

तर, कांग्रेस र माओवादीको समीकरणमा बनेको तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटमा रहीसकेका गगन भने अब मन्त्री नबन्ने तय छ।

उनी स्वास्थ्यमन्त्री हुँदा राम्रा काम भएका थिए। वीर अस्पतालमा मिर्गौला पीडितका निम्ति होस् या अन्य सुविधाको खाका उनले कोरेका थिए।

उनी कुनै न कुनै मन्त्री बन्दा राम्रो हुने धेरैको अपेक्षा थियो। तर उनी मन्त्री नबन्ने पक्का भएपछि त्यो अपेक्षा तत्कालका निम्ति पूरा नहुने भइसकेको छ।

गगनले यसअघि नै मन्त्री नबन्ने घोषणा गरिसकेका छन्। उनले सिधै प्रधानमन्त्री बन्ने लय समातेका छन्। यसैकारण उनले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गरेका थिए।

यसैबीच कांग्रेसमा मन्त्री बन्नेको लामो लर्को रहेको बताइन्छ। यद्यपि शनिबार हुने कार्यसम्पादन समितिको बैठकले केही नाम तय गर्ने बताइन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖