• Thursday 8th of October 2026

जिम्बाबेविरुद्ध भारतको लगातार तेस्रो जित, सिरिजमा कब्जा


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी- २० लगातर तेस्रो जित हासिल गरेको छ ।

सिरिजको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो । जिम्बाबेले दिएको १५३ रनको लक्ष्य पछाएको भारतले कुनै विकेट नगुमाएई १५.२ ओभरमा लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले अविजित ९३ रन बनाएका थिए भने शुभमन गिलले अविजित ५८ रन बनाएका थिए ।

यस अघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

यो जितपछि भारतले ५ खेलको सिरिज ३-१ ले जितेको छ । सिरिजको पहिलो खेल जिम्बाबेले जितेको थियो भने त्यसपछि लगातार तिन खेल भारतले जितेको छ ।

अब सिरिजको अन्तिम खेल आइतबार हुने छ । 
    

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖