• Wednesday 28th of October 2026

यसरी शिक्षा मन्त्रालयबाट विदा भईन् सुमना


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुमना श्रेष्ठ विदाइ भएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएसँगै कांग्रेस–एमालेसहितको गठबन्धनमा सरकार बन्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यतालिका रहेको छ ।

नयाँ सरकार बन्ने भएपछि मन्त्री सुमनाले औपचारिक रुपमा मन्त्रालय छाडेकी हुन् । गत फागुन २१ मा सत्तासमीकरणमा उलटफेर आएको थियो । उनी गत २०८० फागुन २३ गते मन्त्री नियुक्त भएकी थिईन् ।

विदाइको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले मन्त्रालयको सबै कर्मचारीहरुलाई शिक्षा सुधारको निमित्त दत्तचित्त भएर लाग्न आग्रह गरिन् । उनले आफ्नो कार्यकालमा आफूले हुटहुटीका साथ काम गरेको पनि बताईन् । ‘हाम्रो शिक्षा क्षेत्रमा गर्नुपर्ने खोज, मेहनत लगाऔं,’– उनले भनिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖