• Wednesday 28th of October 2026

एमालेबाट को-को बन्दैछन् मन्त्री


  • धनकुटा खबर
  • .

नेकपा एमालेले सरकारमा जाने ६ जना मन्त्रीको टुंगो लगाएको छ।
एमालेले पाएको ८ मन्त्रालयमध्ये सोमबार बिहानसम्म सबै मन्त्रीको टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए।

एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको ती पदाधिकारीले जानकारी दिए।

त्यस्तै केन्द्रीय सदस्य जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ। भण्डारी यसअघि पनि मन्त्री थिए।

पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने टुंगो लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनले नामहरू केही हेरफेर हुनसक्ने बताए। पौडेल यसअघि २०७२ र २०७४ मा अर्थमन्त्री बनेका थिए।

अन्यको मन्त्रालय भने टुंगिसकेको छैन।
एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला‍, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे शपथ ग्रहण गर्नेछन्। उनको शपथसँगै मन्त्रीहरूको सपथ पनि गराउने तयारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖