• Wednesday 28th of October 2026

प्रधानमन्त्री बन्ने सपना तुहिएपछि माधव नेपालले गरे ओलीको शपथ समारोह बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौं,३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रम पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बहिस्कार गरेका छन् ।

सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रायः सबै शीर्ष नेता सहभागी भए पनि नेता नेपाल सहभागी नभएर बहिस्कार गरेका हुन्

ओलीको शपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र बाबुराम भट्टराई पुग्दा नेपाल भने शीतल निवास पुगेनन् । नेपाल तत्कालीन प्रचण्ड नेतृत्वको सरकार ढालेर प्रधानमन्त्री बन्ने योजनामा थिए । तर, दाहाल सरकार ढलेर ओली सरकार बनेपछि माधवको प्रधानमन्त्री बन्न सपना तत्काललाई ब्रेक लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖