• Wednesday 28th of October 2026

बिद्या भट्टराई बनिन् शिक्षामन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं । कास्की- २ बाट निर्वाचित नेकपा एमालेकी सांसद बिद्या भट्टराई शिक्षामन्त्री बनेकी छन् । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमा भट्टराईलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका हुन् । 

भट्टराई स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । पर्यटनमन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर अधिकारीको निधन भएपछि बिद्या  उपनिर्वाचनमा कास्की- २ बाट पहिलो पटक सांसद बनेकी थिइन् ।

राजनीतिमा आउनुअघि उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक थिइन् । 

अनेरेस्वबियुको राजनीतिमै रहेका बेला रवीन्द्रसँग बिवाह गरेपछि उनले राजनीति छोडेर अध्यापनमा लागेकी थिइन् । उनी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईकी बहिनी हुन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖