• Wednesday 28th of October 2026

कर्मचारीहरुले बाटो छेकेपछि मन्त्रालय छिर्न पाएनन् कृषि मन्त्री अधिकारी


  • धनकुटा खबर
  • .

काठमाडौं, ३१ असार । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई कर्मचारीहरुले मन्त्रालय प्रवेशमा अवरोध गरेका छन् ।

आज (सोमबार) राष्ट्रपति निवास सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालय पुगेका मन्त्री अधिकारी कर्मचारीहरुले प्रवेश गर्न नदिएपछि फर्किएका छन् । मन्त्रालय प्रवेश गर्न नपाएका मन्त्री अधिकारीले केहीबेर कर्मचारीहरुको कुरा सुनेका थिए ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरू आन्दोलनरत छन् । वृत्ति विकास रोकिएको भन्दै उनीहरुले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गरेका छन् ।

मन्त्री अधिकारीले आन्दोलतरत कर्मचारीलाई माग चाडै पूरा हुने आश्वासन दिएर फर्किका छन् । उनले आज नै बस्ने मन्त्रिपरिषद् बैठकमा कर्मचारीहरुको समस्या लाने बताए । -रिपोर्टर्स नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖