• Wednesday 28th of October 2026

नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेको आरोप लागेका खड्‌का बने ऊर्जामन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसाय गरेको आरोप लाग्दै आएका दीपक खड्का मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्‌का ऊर्जामन्त्री बनेका हुन् ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् । स्काउटको ३ रोपनी जग्गा भाडामा लिएकोमा खड्‌काले थप ९ रोपनी जग्गा हडपेका थिए ।

१५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका खड्कालाई उक्त जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिएपनि अझै कार्यान्वयन भएको छैन ।

खड्‌का जलविद्युत् आयोजनाका प्रवर्द्धक पनि हुन् । १२० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना र ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका खड्‌का प्रवर्द्धक हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖