• Wednesday 28th of October 2026

परराष्ट्रमन्त्री आरजुलाई भारतीय समकक्षीको बधाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षीले बधाई दिएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरले राणालाई सामाजिक सञ्जाल एक्समार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

उनले परराष्ट्रमन्त्रीको रुपमा राणासँग बहुआयामिक साझेदारीका थप बढाउन मिलेर काम गर्न उत्सुक रहेको पनि बताएका छन् ।

राणा सोमबार परराष्ट्र मन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖