• Saturday 24th of October 2026

जेब्राको शरीरमा किन हुन्छ काला धर्काहरू ?


  • धनकुटा खबर
  • .

जेब्रा हामी सबैलाई थाहा छ । हामी सबैले पत्रिका वा किताबमा यसको तस्बिरहरू पनि देखेका छौँ । जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् । प्रकृतिले हरेकलाई विभिन्न प्रकारको शरीर, आकार र रङ्ग दिएको छ ।

तर, जेब्राको शरीरमा कालो र सेतो धर्काले धेरैको मनमा विभिन्न प्रश्नहरू उब्जाएको छ । सायद तपाईँको मनमा पनि यो प्रश्न उठेको होला ।

जेब्रा एक स्तनधारी जनवार हो । यो झट्ट हेर्दा घोडाजस्तो देखिए पनि अकारमा घोडाभन्दा अलिक सानो हुन्छ । शरीरमा कालो धर्काका कारण जेब्रा हेर्दा निकै सुन्दर देखिन्छन् ।

अध्ययन अनुसार जेब्राको शरीरमा भएको रोग फैलने र विभिन्न रगत चुस्ने किराहरूबाट बचाउन मद्दत गर्ने पनि निष्कर्ष निकालेका छन् ।

त्यति मात्र होइन, कालो धर्काहरूले जेब्रालाई अरू मांसाहारी जनावरहरूबाट बचाउने गर्छ । सुन्दा अचम्म लाग्न सक्छ, यस्तो रङ्गले सिंहजस्ता सिकारी जनवारहरूबाट बच्न कसरी मद्दत गर्छन् त भनेर ।

सिंहहरू रङ्ग छुट्टाउन नसक्ने अर्थात् कलर ब्लाइन्ड हुन्छन् । त्यसैले, उनीहरूको नजरमा जेब्राको शरीरमा भएको कालो रङ्गको बनावट र घाँसको बनावट मिल्ने हुन्छ । यस्तो अवस्थामा तिनीहरू घाँसमा नहल्ली बस्दा सिंहलाई चिन्न निकै गाह्रो पर्छ ।

अन्य सिकारी जनवारहरूबाट बच्न तिनीहरूको शरीरको धर्काले केही हदसम्म मद्दत गर्छ ।तर त्यस्ता जनावरहरूबाट तिनीहरूलाई बचाउने मुख्य हतियार भनेको जेब्राको समूहमा सँगै हिँड्ने बानी हुन्छ । जेब्राहरू प्रायः सधैँ ठूलो समूह बनाएर एकैठाउँमा बस्ने हुँदा सिंह पनि कहिलेकाहीँ तिनीहरूलाई घाँस भनेर झुक्किने गर्छन् ।

र, सबै जेब्रालाई ठूलो जनवार ठानेर आक्रमण गर्ने आँट गर्दैन ।वैज्ञानिकका अनुसार जेब्राले खानेकुरा ढिलोगरी पचाउने गर्छ त्यही कारण उसले खानेकुरा खाएर बस्नको लागि अफ्रिकाको गर्मीमा लामो समय खुला भागमा उभिनुपर्ने हुन्छ । र, त्यसरी घाममा उभिन जेब्राको शरीरमा हुने उक्त धर्काले तातो घाममा गर्मी हुनबाट बचाउने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖