• Saturday 24th of October 2026

त्रिशूलीमा बससंगै बेपत्ता भएकाहरु मध्ये १९ जनाको शव फेला


  • धनकुटा खबर
  • .

चितवन । चितवनको सिमलताल पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएकामध्ये आजसम्म १९ यात्रुको शव फेला परेको छ।

चितवन प्रहरीका अनुसार फेला परेका मध्ये १४ शव आफन्तले बुझेर लगेका छन्। आजमात्रै २ शव फेला परेको छ।

एउटा शव भरतपुरको सालवासमा फेला परेको र एउटा शव नवलपरासीपूर्वको विनय त्रिवेणी गाउँपालिकास्थित नेपाल भारतको सीमाक्षेत्रमा फेला परेको हो। तीन शव सरकारी अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

गत असार २८ गते सिमलताल पहिरोमा बगेका दुई बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। बस अझै अज्ञात छ। बसमा ६५ जना यात्रु रहेको बताइएको छ। अझै ४६ यात्रुको अवस्था पत्ता लागेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖