• Saturday 24th of October 2026

आज घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार मात्र ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको हो ।

बुधवार कायम भएको मूल्य हालसम्मकै रेकर्ड मूल्य हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖