• Saturday 24th of October 2026

क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका बृद्दले पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट हाम फालेपछि


  • धनकुटा खबर
  • .

चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।

मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।

प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖