• Saturday 24th of October 2026

इन्स्टाग्राम रिल बनाउँदा ‘ट्राभलर’ अन्वी कामदारको मृत्यु


  • धनकुटा खबर
  • .

इन्स्टाग्राम रिल बनाउँदा ‘ट्राभलर’ अन्वी कामदारको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मंगलबार एक भिडिओ बनाउने क्रममा रायगढको कुम्भे झरना नजिक ३०० फिट तल झरेर उनको मृत्यु भएको हो। उनी आफ्नो सात जना साथीसँग घुम्न गएकी थिइन्।

उनका साथीहरूले पुलिसलाई खबर गरेपछि पुलिस र स्थानीयले नजिकैको अस्पतालसम्म पुर्‍याएका थिए। उपचारको क्रममा २७ वर्षिया अन्वीको मृत्यु भएको हो।

उनी पेशाले चार्टर्ड अकाउन्टेन्ट हुन्। उनी विभिन्न ठाउँ घुम्न गएर सामाजिक सञ्जालमा रिल हाल्थिइन्। जसले उनलाई निकै परिचित बनाएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖