• Thursday 8th of October 2026

१४ वर्षको उमेरमा शीर्ष श्रेणीको लिगमा डेब्यू गर्दै कीर्तिमान


  • धनकुटा खबर
  • .

चौध वर्षका फिलाडेल्फिया युनियनका मिडफिल्डर काभान सुलिभान अमेरिकाको मेजर सकर लिग खेल्ने सबैभन्दा कान्छा फुटबल खेलाडी बनेका छन्।

१८ वर्षको हुँदा इंग्लिस क्लब म्यानचेस्टर सिटी जाने अपेक्षा गरिएको सुलिभानले पेन्सिल्भेनियाको सुबारु पार्कमा भएको न्यु इङ्ल्यान्ड रिभोलुसनमाथि ५-१ को जितमा ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिर्दै इतिहास बनाएका हुन्।

१४ वर्ष र २९३ दिन उमेरमा खेल्दै उनले २० वर्षअघिको रेकर्ड भंग गरेका हुन्। सन् २००४ मा डिसी युनाइटेडबाट १४ वर्ष र ३०६ दिनको उमेरमा खेल्दै फ्रेडी अडुले कीर्तिमान बनाएका थिए।

फिलाडेल्फियाका सुलिवान शीर्ष श्रेणीको लिग खेल्ने सबैभन्दा कान्छा उत्तर अमेरिकी खेलाडी पनि बने।

उनले गत मेमा फिलाडेल्फियाका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए।

सुलिवानको डेब्यूअघि युनियन प्रशिक्षक जिम कर्टिनले बधाइ दिएका थिए। कीर्तिमान बनाएका सुलिवानको दाइ क्विन पनि पनि युनियनबाट खेल्छन्। उनी अहिले २० वर्षका भए।

इंग्लिस प्रिमियर लिग खेल्ने सबैभन्दा कान्छा पुरुष खेलाडी इथान न्वानेरी हुन्। उनले सन् २०२२ मा १५ वर्ष र १८१ दिन उमेरमा आर्सनलमा डेब्यू गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖