• Saturday 24th of October 2026

दुर्गालक्ष्मी क्याम्पसमा भोलि शोक बिदा


  • धनकुटा खबर
  • .

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले भोलि शोक बिदा दिएको छ।

स्नातक तह द्वितीय सेमिष्टरमा अध्ययनरत विद्यार्थी पूर्णिमा महताको निधनको शोकमा क्याम्पसमा भोलि (शुक्रवार) का लागि बिदा दिइएको जनाएको हो।

क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐरद्धारा जारी शोक वक्तव्यमा मृतकको परिवार प्रति समवेदना प्रकट गर्दै शोकमा क्याम्पसका सम्पूर्ण पठनपाठन तथा प्रशासनिक काम बन्द रहने उल्लेख छ।

गोदावरी नगरपालिका–३ खमौराकी २१ वर्षीय महता बुधवार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖