• Saturday 24th of October 2026

अन्तत: हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकको भयो डिभोर्स


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र नताशा स्टान्कोभिकको सम्बन्धविच्छेद भएको छ । बिहीबार राति हार्दिकले इन्स्टाग्राममार्फत आफूहरूले अलग हुने निर्णय लिएको जानकारी दिएका छन् ।

उनले अब आफू र नताशा मिलेर छोरा अगत्स्यलाई हरेक खुसी दिने प्रयास गर्ने बताएका छन् ।

“चार वर्ष सँगै बसेपछि नताशा र मैले अलग हुने निर्णय लिएका छौँ,” उनले भनेका छन् ।

हार्दिक र नताशाको सम्बन्धविच्छेदको समाचार धेरै दिनदेखि आइरहेको थियो । तर, उनीहरू दुवैजनाले यसबारे कुनै जानकारी दिएका थिए ।

हार्दिकले लेखेका छन्, “यो नताशा र मेरा लागि कठिन निर्णय थियो । हामीले परिवारको रूपमा रमाइलो गर्‍यौँ, एकअर्कालाई सम्मान र समर्थन गर्‍यौँ । हामीले अगस्त्यलाई उपहारका रूपमा पाएका छौँ । ऊ अब हामी दुवैको जीवन हुने छ ।”

भारतले विश्वकप जित्दा पनि नताशाले सामाजिक सञ्जालबाट जितबारे कुनै पोस्ट गरेकी छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖