• Saturday 24th of October 2026

भारतको बगाहामा भेटिएको शव एन्जल बसका मालिकको भएको पुष्टि


  • धनकुटा खबर
  • .

पूर्वी नवलपरासी —त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणमा शुक्रबार बिहान फेला परेको शव एन्जेल बसका मालिकको भएको पुष्टि भएको छ । ८ दिन अघि चितवनको सिमलतालबाट बगेको एन्जेल बसका मालिक माइला लामिछाने केसी हुन् । उनी भक्तपुर र मकवानपुर निवासी हुन् । दुबै तर्फ घर छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको हो । बायाँ हातमा आरबीएस (अंग्रेजी अक्षरमा लेखिएको छ ) टयाटु लेखिएको छ । बायाँ हातमा कालो चेनको घडी लगाएका छ् । यी सबै प्रमाणका आधारमा मृतकका भाइले सनाखत गरेका हुन् ।

गत शुक्रबार चितवनको सिमतलालको पहिरोमा परेकाहरुको शव नारायणी नदी हुँदै भारतमा पुगेको छ । शुक्रबार त्रिवेणीबाट ४० किलोमिटर तल उक्त शव फेला परेको हो । भारतीय प्रहरीको सहयोगमा शव गण्डक ब्योरेज ( पुलमा ) ल्याइएको हो । त्यहाबाट यो शव अहिले त्रिवेणीमा राखिएको छ ।-नारायण शर्मा/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖