• Saturday 24th of October 2026

माटोको ढिस्कोमा पुरिँदा दुई जनाको मृत्यु


  • धनकुटा खबर
  • .

मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्र्याक खन्ने क्रममा माटोको ढिस्कोले दुई जनालाई पुरेको हो।

माटोको ढिस्कोले पुरिएका दुबै जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

मृतक सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका-१ बस्ने ३० वर्षीय रवि दर्लामी मगर छन्।

उनीहरू माटोको ढिस्कोले परिएको खबरपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय खटिएर शव निकालेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖