• Saturday 24th of October 2026

त्रिशूलीमा हराएका थप एक जनाको शव भारतमा भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव भारतमा भेटाएको छ । शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको हो ।

सशस्त्र प्रहरीका अनुसार उनको सनाखत हुन सकेको छैन । शव नेपाल ल्याउन एसएसबीसँग समन्वयका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) त्रिवेणीका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा ५ जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । यसअघि शुक्रबार नै दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएका थिए ।

योसँगै त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २५ जनाको शव भेटाएको छ ।

असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖